कायरा रन वे को ¥याम्पमा कलाकार

काठमाडौं
माघ २४ ।
राजधानीको कमलादीस्थित सीटी सेन्टरमा रहेको कायरा बुटिकले हरेक बर्ष जस्तै यो बर्ष पनि ‘पाँचौ कायरा रन वे’को आयोजना गरेको छ । जसमा नेपालका चर्चित कलाकारको साथमा मोडलहरुले ¥याम्प नापेका छन् ।
अनलाइनखबर डट कमको प्रस्तुतीमा आयोजना भएको ‘कायरा रन वे’मा चर्चित नायिकाहरुले सो स्टपरको रुपमा ¥याम्प नापेका थिए ।
नायिकाहरु ऋचा शर्मा, मेलिना मानन्धर, स्वस्तिमा खड्का, बर्षा राउत सो स्टपरको रुपमा ¥याम्पमा देखिए । यस्तै, निर्मात्री तथा निर्देशक दीपाश्री निरौला, मोडल निलम ढकाल पनि सो स्टपरको रुपमा ¥याम्पमा उत्रिएका थिए ।
पहिलो सिक्वेन्समा नायिका ऋचा शर्मा ¥याम्पमा देखिएकी थिइन् । यसपछि, ऋमशः स्वस्तिमा खड्का, मेलिना मानन्धर, बर्षा राउत, निलम ढकाल र दीपाश्री निरौला सो स्टपरको रुपमा क्याटवाक गर्दै ¥याम्पमा हिडेका थिए ।
कायरा बुटिककी प्रमुख रोजिना श्रेष्ठले नयाँ–नयाँ पहिरनहरुको प्रवद्र्धन गर्नका लागि हरेक बर्ष ‘रन वे’को आयोजना गर्दै आएको बताइन् । उनले भनिन्–‘कायरा बुटिकमा तयार भएका पहिरनहरुको बारेमा जानकारी गराउनका लागि यस्तो शोको आयोजना गरिएको हो ।’
कार्यक्रममा गायक रामकृष्ण ढकाल, धिरज राइले चर्चित गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । यस्तै, हाँस्य कलाकार महादेव त्रिपाठीको जादुले पनि दर्शकलाई रमाइलो प्रदान गरेको थियो ।
कार्यक्रमको संचालन हाँस्य कलाकार जीतु नेपालले गरेका थिए । जीतुको कमेडीले कार्यक्रम अवधिभर दर्शकहरुले मनोरञ्जन लिएका थिए । यो शोको सम्पूर्ण कोरियोग्राफी धिरज तण्डुकारले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार