घिसिङले चुमिन मिस तामाङको ताज

काठमाडौं
माघ २४ ।
‘मिस तामाङ २०१७’ को ताज पिंकी घिसिङले चुमेकी छिन् । मिस तामाङको दशौं संस्करणमा उनले ३४ जना प्रतियोगीहरुलाई पछि पार्दै यस बर्षको ताज चुम्न सफल भएकी हुन् ।

त्यसैगरी नावाङ मोक्तानले बेष्ट वाकको अवार्ड सहित फष्टरनरअपको उपाधि चुमिन भने रिता थिङ मस्ट पपुलरको अवार्ड सहित सेकेण्ड रनरअपको उपाधि चुम्न सफल भएकी छन् । विजेताले क्रमशंः एक लाख, पचास हजार र पच्चीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानंमा भएको कार्यक्रममा मिस फोटोजेनिक आस्मा मोक्तान, मिस भर्स ट्यालेन्ट श्रीयम थिङ, मिस ब्यूटीफूल गंगा पाख्रिन, मिस अनलाइन सरला ब्लोन, बेष्ट पर्सनालिटी नविना लामा योञ्जन, मस्ट डिसिप्लिन आस्ना स्याङ्दान र बेष्ट हेयरमा कुमारी बज्युले उपाधि चुमेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार