वर्षा र रोशनको रोमान्स

काठमाडौं ।
नायिका वर्षा शिवाकोटी र भिडियो जक्की रोशन लामा अनस्क्रिन रोमान्समा देखिएका छन् । उनीहरु गायक मोहन के. राईको ‘तिमीसंग…’ गीतको भिडियोमा रोमान्स गर्दै गरेको देखिएका हुन् ।

विभोर पोखरेले म्युजिक भिडियोलाई निर्देशिन गरेका छन् । शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ ।

आधुनिक पप शैलीको यो गीतको भिडियोका छायांकार अनिल मानन्धर हुन् । ललितपुरको छम्पिका आकर्षक लोकेशन रहेको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार