‘जर्नी अफ लभ’ भन्दै प्रदीप

काठमाडौं ।
सानै देखि गीत गुनगुनाउने बद्रीबासका प्रदीप यदिवेला नेपाली गीत संगीतलाई आफ्नो मूल कर्म बनाएका छन् । डुब डुब…, डान्समस्ती…, बाच्नै नचाहेर जस्त म्युजिक भिडियोबट दर्शक÷स्रोताको मन मस्तिष्कमा राज गर्न सफल भएका उनको गत महिना ‘जर्नी अफ लभ’ आएको थियो । जसले अहिले राम्रै चर्चा पाइरहेको छ ।
धेरै गीत गाएता पनि ‘जर्नी अफ लभ’ एल्बमबाट आधिकारीक रुपमा गीत संगीतको ‘जर्नी’सुरु गरेका प्रदीप डान्सिङ, रोमान्टिक आधुनिक, पप र ट्रयाजीटि सबै प्रकारका गीत गाउन मन पराउने र आफूले एल्बममा पनि त्यस्तै गीत समावेश गरेको बताउँछन् ।
विगत ४ वर्ष देखि गुरुदेव कामतसँग संगीत सिकिरहेका उनी डुब डुब…, गीतमा शब्द र संगीत संयोजन आँफैले गरेका छन । आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा नव ढुङेलले यस् गीतको भिडियो निर्देशन गरेका हुन । गीतको रोमान्टिक दृश्यहरु सिनेम्याटोग्राफर अमृत सुनुवारले कैद गरेका छन भने माधव बेल्बासेले सम्पादन गरेका हुन । भिडियोमा पोखराको फेवाताल र पावर हाउश लगायतका सुन्दर दृश्यहरु देख्न पाइन्छ ।

शास्त्रीय संगीतमा करिब आधा दशक निरन्तर साधनारत गायक लामाको पहिलो एल्बम ‘जर्नी अफ लभ’मा समावेश गरिएको यो गीतमा आधुनिक, पप, क्लासिकल र तामाङ शेलोको समेत फ्युजन पाइन्छ । एल्बम लाई आर्टिस्ट नेपालले बजारमा ल्याएको छ ।

यसमा तपाइको मत

अन्य समाचार