काठमाडौं,
वैशाख ६ ।
लमजुङको राईनास नगरपालीकामा अवस्थित राईनासकोट होमस्टेमा ‘राइनासभित्र नेपाली चलचित्र’ अन्तक्रियाको आयोजना गरिएको छ ।
पर्यटकीय स्थलको रुपमा बिस्तारै चिनिन थालेको राईनास होमस्टे तथा त्यसको वरिपरिको दृश्यलाई चलचित्रमा उतार्दा दर्शकलाई नयाँ स्वाद पनि हुने र राईनासकोटको प्रचारप्रसारलाई सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको थियो ।
उक्तअन्तकृयामा काठमाडौंबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी, चलचित्र निर्माता संघका प्रथम अपाध्यक्ष केशब भट्टराई, बरिष्ठ कलाकार रबिन्द्र खड्का, बरिष्ठ छायांकार संजय लामा, द्वन्द्व निर्देशक हिमाल केसी, निर्देशक सम्राट शाक्य, प्रडक्सन कन्ट्रोलर अरुण रेग्मी, सञ्चारकर्मी सुदर्शन आचार्यलगायतका चलचित्रकर्मीहरु उपस्थित भएका थिए ।
एक रत होम स्टेमा स्टे गरेर फर्कनु भन्दा पनि सिमित तर उद्देश्यमुलक उपलब्धिका लागि सम्बन्धित पक्षलाई फिल्डमा ल्याएर चलचित्र छायांकनका लागि के कति सम्भब छ र आबश्यक पुर्याउन सक्ने पुर्वाधारका बिषयमा छलफल गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरेको उक्त कार्यक्रमकी संयोजक स्वस्तिका चिलुवालले बताईन् ।
उक्तकार्यक्रममा उपस्थित सम्पुर्ण चलचित्रकर्मीहरुले राईनासकोट र आसपासका केही बस्तीहरु चलचित्र छायांकनको लागि उपयुक्त भएको प्रतिकृया दिएका छन् । केही सम्भावाना जन्य पुर्वाधारहरु पुरागर्न सकेमा चलचित्र छायांकनका लागी फूल प्याकेज राईनास नगरपालीका बन्न सक्ने निर्माता तथा कलाकार केशब भट्टराईले बताए ।
कलाकार रबिन्द्र खड्काले चलचित्र छायांकनका लागी राजधानिबाट नजिक राईनासकोट उत्तम रोजाई हुने प्रतिकृया दिए । त्यस्तै कलाकार संघका अध्यक्ष राम केशर बोगटीले राईनासकोटलाई चलचित्र छायांकन नगरी बनाउन सक्ने र त्यसको पहलका लागी सबै सरोकारवालासँग पहल गर्न अनुरोध गरे ।
चलचित्रकर्मी र स्थानिय सरोकार वालाको अन्र्तकृयामा सरोकारवाला तथा राजनितिक कर्मी तुलसीनारायण श्रेष्ठले चलचित्रकर्मीहरुले राईनास नगरपालीकामा आएर कुनै पनि चलचित्र सम्बन्धित काम गर्न चाहनुहुन्छ भने आफूहरु सहयोग गर्न तयार भएको बताए ।
त्यस्तै राईनास नगरपालीकाका मेयर सिंहबहादुर थापाले आवश्यक पुर्वाधारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता दिएका छन् ।
कार्यक्रममा बोल्दै होम स्टे सञ्चालक समितीका खड्ग गुरुङले आफूहरु जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए । काठमाडौंबाट गएका चलचित्रकर्मीहरुले राईनासकोट हुँदै प्याराजुङदेखी मोहरीया सम्मको भ्रमण गरेका थिए ।






