तिम्रै मुस्कान भन्दै आए आरवी पुन

काठमाडौं,
चैत २१ ।

गायक आरवी पुन ‘तिम्रै मुस्कान…’ भन्दै आएका छन् । उनले स्रोता/दर्शकमाझ लिएर आएको गीतमा यसो भनेका हुन् ।
पिता भक्तबहादुर पुन र माता युमाया पुनको कोखबाट जन्मिएर रुपन्देही लक्ष्मी टोल घर भई हाल पोर्तुगल बस्दै आएका रामबहादुर पुन (आरवीपुन)ले स्रोता माझ ल्याएको यो गीतमा निरोज लामाको सङ्गीत, राजकुमार देवकोटाको शब्द, अमोश तामाङको एरेञ्ज रहेको छ ।

फिल्मी, पप, रोमान्टिक र आधुनिक तथा लोक पप गीतमा रुची राख्ने उनका सङ्गीतगुरु सुर्य दयालु हुन् । पाँच वर्षदेखि विदेशमा रहँदै आएका उनको केही समय पहिला ‘साहिँली तिमीलाई…’ सार्वजनिक भएको थियो ।

गायन लेखन र संगीत संयोजनलाई सँगसँगै अघि बढाएका उनले अहिलेसम्म अञ्जु पन्त, मेलीना राई, प्रताप लामा, बिन्दु परियार, भगवान भुजेललगायत एक दर्जन भन्दा बढी गायक गायिकासँग गीत गाइसकेका छन् ।

‘सङ्गीत भोगाई अनुभव र अनुभुतीहरुलाई अभिव्यक्त गर्ने माध्यम हो र सङ्गीत मेरोलागी मनको प्यास हो जुन प्यासले मलाई निरन्तर साधनातिर धकेल्ने गर्छ’, भन्छन् आरबी पुन । आफ्ना अन्य गीत जस्तै तिम्रै मुस्कानले पनि स्रोता÷दर्शकको साथ पाउनेमा आशावादी रहेको उनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार