‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ (भिडियोसहित)

काठमाडौं,
भदौ ३० ।

अभिनेता विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को ब्रेकडान्स देखाइएको छ ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर छ । सन्तोष सरकारले कथा लेखेको चलचित्रमा महेश पौडेलको छायांकन तथा बन्दे प्रसादको सम्पादन छ ।

सरस्वती भट्टको लगानी रहेको यस चलचित्रमा विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्र आगामी असोज ३० गते फूलपातीको अवसर पारेर देशभर प्रदर्शन हुँदैछ । वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार