‘चमेलीको पोइ’ को ‘माया मान्छौ र…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ २६ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’ को दोस्रो गीत ‘माया मान्छौ र..’ सार्वजनिक भएको छ । बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा आशिष अविरलको संगीत, एकनारायण भण्डारीको शब्द तथा मेलिना राई र आशिष अविरलको स्वर रहेको छ ।

मुस्ताङका रमणीयस्थानमा छायांकन गरिएको गीतमा सुरक्षा पन्त र मुकुन भुसाल फिचर हुनुहुन्छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको हो । यसअघि सार्वजनिक चलचित्रको शीर्ष गीत ‘ओइ ओइ चमेली’ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका बेला निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो ।

असोज १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा करिब डेढ दशकपछि हाँस्य अभिनेता नारायण त्रिपाठी ‘प्रेमचरो’ ठूलो पर्दामा फर्किनुभएको छ । त्रिपाठीसँगै मुकुन भुसाल, सुरक्षा पन्त, विल्सनविक्रम राई, उमेश राई, रविन्द्र झालगायतका कलाकारको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुनुहुन्छ । शेरबहादुर तामाङको छायांकन, बन्दे प्रसादको सम्पादन र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्देशक बोहराका अनुसार चलचित्रले मनोरञ्जनसँगै जीवनोपयोगी सन्देशसमेत दिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार