रसुवा बाढीप्रति परिवर्तन नेपालद्वारा दुःख व्यक्त, उद्धार र राहत तीव्र बनाउन आग्रह

काठमाडौं,
भदौं ११ ।

रसुवा जिल्लामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति ‘परिवर्तन नेपाल’ले गहिरो दुःख व्यक्त गरेको छ । परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेले शोक वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

वक्तव्यमा बाढीका कारण बेपत्ता भएकाहरूको तत्काल खोजी तथा सकुशल उद्धारका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइएको छ । साथै, प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत, संरक्षण र पुनःस्थापनाको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

परिवर्तन नेपालले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सरकार, स्थानीय तह तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

महासचिव पाण्डेले विपद्मा परेका नागरिकको सहयोगका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । मानवीय सहयोग, सहकार्य र हातेमालोमार्फत प्रभावित परिवारलाई साथ दिन उनले सबैसँग अपिल गर्नुभएको छ ।

परिवर्तन नेपालले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पुनः हार्दिक समवेदना व्यक्त गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार