काठमाडौं,
भदौं ११ ।
यमन ग्लोबल म्युजिक अवार्ड-२०८३ का विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । अवार्डका लागि राष्ट्रिय, आधुनिक, पप, लोकदोहोरी तथा भाषाभाषी संगीतसँगै गायन, गीत लेखन, संगीत सिर्जना, मोडलिङ, वाद्यवादन, छायांकन, एरेन्ज, मिक्सिङरमास्टरिङ, भिडियो सम्पादन र निर्देशनलगायत विधामा मनोनयन सार्वजनिक गरिएको अवार्डका अध्यक्ष तारावीर पाण्डेले जानकारी दिनुभयो ।
अवार्डले नेपाली संगीतका विभिन्न विधा र पुस्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखेको अध्यक्ष पाण्डेले बताउनुभयो । सार्वजनिक मनोनयनमा स्थापित कलाकारदेखि नयाँ पुस्ताका सर्जक तथा कलाकारसम्मको सहभागिता देखिएको छ । अवार्डका विजेताको छनोट सम्बन्धित विधाको मूल्यांकन तथा मतदान प्रक्रियाबाट हुने बताइएको छ । यही भादौ २९ मा एक विशेष समारोहबीच अवार्ड तथा सम्मान समर्पण गरिने अध्यक्ष पाण्डले जानकारी गराउनुभयो ।
यस्तो छ उत्कृष्ट पाँचको सूची
राष्ट्रिय गीतकार
१. सुन्दर पन्त- (रातो सेतो निलो)
२. अम्बिका शर्मा-(मेरो देश नेपाल)
३. सुष्मा महरा- (म नेपाली हुँ)
४. प्रकाश सपुत-(कर्तव्य)
५. डा. नवी अधिकारी-(खोजिरहेछ देशले)
राष्ट्रिय गीत संगीतकार
१. अर्जुन पोखरेल- (मेरो देश नेपाल)
२. आलोकश्री- (बिहान उठ्ने बित्तिकै)
३. आशिष अविरल- (कम छैन मेरो देश)
४. सुरेश गैरे-(यहाँ देशको छ चिन्ता)
५. सत्य स्वरूप-(मेरो देश डुब्न लाग्यो)
राष्ट्रिय गीत गायन
१. शिव परियार-(मेरो देश)
२. रामकृष्ण ढकाल-(बिहान उठ्ने बित्तिकै)
३. प्रकाश सपुत-(मेरो पनि होइन र)
४. शिशिर योगी- (मानिस खोजी रहेछु)
५. सत्य स्वरूप-(मेरो देश डुब्न लाग्यो)
आधुनिक गीतकार
१. गणेश सुवेदी-मेरो जस्तो लोग्ने)
२. बाबुराम श्रेष्ठ-(तिम्रो मिठो मुस्कान)
३. प्रकाश सुवेदी- (नआइदे याद)
४. बिलोल पोखरेल-(चिरा चिरा भो)
५. डीपी खनाल-(सयौँ जुनी)
आधुनिक संगीतकार
१. हरि शायमी-(नेवार मोइचा बाहुन भोउचा)
२. सुनील बीसी- (रोएर कोही आफ्नो हुँदैन)
३. शंकर थापा ‘स्माइल’-(कसरी जिउँ)
४. साहस शाक्य-(पिरतीको हवाईजहाज)
५. रोशन सिंह-(भुपुमाया रिटर्न्स)
आधुनिक गायक
१. रमेश पाठक-(तिम्रै माया)
२. रोशन तामाट्टा-(मेरो मुटु जल्यो)
३. सुरज पण्डित- (मेरी हजुर)
४. प्रताप दास-(धोका)
५. छविन गुरुङ -(जुग जाने माया)
आधुनिक गायिका
१. पवित्रा गुरुङ- (फाटेको छ मन)
२. सारिका घिमिरे-(गुन भुलेउ)
३. बबिना भट्टराई-(नदीमा तिमी छौ)
४. सदिक्षा कट्टेल-(कलेजो खाइहाल्यो)
५. अनामिका चौलागाईं-(तिमीलाई म के भनूँ)
पप संगीतकार
१. सन्तोष सुनार-(छमक छमक)
२. शंकर थापा ‘स्माइल’-(सेल्फी हनौँला, नयाँ)
३. भीम बीसी- (कपुरी क)
४. खेम सेन्चुरी-(कट्टा हान्दिन्छु)
५. आशिष अविरल-(हेल्लो)
पप गायक
१. सडज सम्बाहाम्फे-(पिरतीले हैन हजुर)
२. योगेश काजी-(कहाँको तिमी कहाँको म)
३. नकुल कार्की-(यो कस्तो माया)
४. शुक्र आङ्बुराङ राई-(मेरी सोल्टिनी)
५. सूर्य दनुवार-(बरको छायाले)
पप गायिका
१. ईश्वरी बराल-(खानदानी छोरी)
२. स्मिता दाहाल-(ज्यानमाया)
३. एन्जिला रेग्मी-(चस्मा लगाऊँली)
४. सिम्रन परियार-(नजर लाग्लानी)
५. सदिक्षा कट्टेल-(फर्की फर्की)
लोक दोहोरी गीतकार
१. सेरु बराइली-(माटोमा मिल्ने देह)
२. गौरव दर्पण-(पूर्वै रमाइलो)
३. गणेश गुरुङ-(सल्ला धुपैले)
४. सानु केसी-(नुवाकोटको झिल्के केटो)
५. प्रेमराजा महत-(बन्दीपुरैमा)
लोक गायक
१. बिनोद दनुवार-(माटोमा मिल्ने देह)
२. गौरव दर्पण-(पूर्वै रमाइलो)
३. बुद्धि परियार-(बाल्यकालको साथी)
४. शुक्र तामाङ-(मौलिक ठाडो भाका)
५. जितेन राई-(मालिङ्गो काटी नि लै लै)
लोक गायिका
१. मञ्जु लावती-(बेसी बनमा)
२. जुना सिरिष मगर-(ज्याग्दी रयाले)
३. रिता कुलु-(पिपल पाते)
४. सृष्टि हिङ्माङ-(पूर्वै रमाइलो)
५. किसु गुरुङ-(सोल्टी ज्यू)
भाषाभाषी संगीतकार
१. अनिश योञ्जन च्याङ्बा-(आयो च्याङबा)
२. रोज मान महर्जन-(माया मदुला)
३. मनोज गुरुङ-(कोइलाम मी छ्याबा)
४. तोरेम्पा हाङ-(साकेला नाचौँ)
५. रोशन गुरुङ-(सुनको तरबै फुरिता)
भाषाभाषी गायक/गायिका
१. रोहित देउवा / गौरी भट्ट-(मुसुरदानी)
२. सबिता मालाकार-(सिर्सया हेगु)
३. तारा श्रीष मगर-(नाको बिना)
४. रेवश गुरुङ-(मरै त झलला)
५. अनिश योञ्जन (च्याङ्बा)- (को को म्हेन्दो)
भाषाभाषी मोडल
१. लक्ष्मी गुरुङ-(मुर्बई लयन सारा)
२. दीपक झेन्डी मगर-(हिचन्चले नानी)
३. विजय डोङ-(तामाङ दाइ)
४. मनोज महर्जन-(ऐला लुवाया)
५. मनीष रावल- (गंगाका किनारा छोटी)
आधुनिक गीत मोडल पुरुष
१. मुकेश गुरुङ-(हिजो तिम्रो आज तिम्रो)
२. पासाङ शेर्पा-(वियोग)
३. सनम कठायत-(परदेश)
४. प्रदीप लामा-(पुतली)
५. कमल सिंह-(तगारो)
आधुनिक गीत मोडल महिला
१. शिला गजुरेल-(तिम्रै माया)
२. जेनी घिमिरे-(झिमिक्क पर्योली)
३. सुनिशा बजगाईं -(छ कि छैन मञ्जुरी)
४. पवित्रा आचार्य-(साइँबा हो साइँबा)
५. बिजया अधिकारी-(मेरो जस्तो लोग्ने)
वाद्यवादक
१. सञ्जीव बराइली-(गितारवादक)
२. भुवन गन्धर्व-(तालवादक)
३. हेमन्त कान्छा-(सारङ्गी)
४. रत्न बी के-(बाँसुरीवादक)
५. समीर जैरु-(सहनाई)
छायाकार
१. सुनील राउत-(मेरो जस्तो लोग्ने)
२. सुशील डाङ्गी- (जुनलाइ साची राखी )
३. कृष्ण थापा-(ढल्की ढल्की)
४. अमन बडु-(लैजा चरी)
५. रामु चौधरी-(बर्दियाको बाघ)
एरेन्जर
१. साहस शाक्य-(पिरतीको हवाईजहाज)
२. सुशील भट्टराई-(माटोमा मिल्ने देह)
३. सुन्दर लामा-(धोका दियो)
४. सबिन लिम्बू-(यो मन मानेन)
५. रिदम कँडेल-(के लत बस्यो)
मिक्सिङ/मास्टरिङ
१. मनोज परियार-(गुन भुलेउ)
२. प्रकाश खरेल-(नदीमा तिमी छौ)
३. राजीव शाह-(म एउटी सुन्दरी)
४. हरि सायमी-(नेवार मइचा बाहुन भोउचा)
५. प्रकाश मिश्र-(काठे भाकैले)
भिडियो सम्पादक
१. सुशील डाङ्गी-(ठकुरीकी छोरी)
२. राकेश दाहाल-(माझीको जीवन)
३. अमृत चापागाईं-(पिरतीको हवाईजहाज)
४. वीरेन्द्र भाट-(नआइदे याद)
५. बिनोद बम-(आँखा आँखा जुधेपछि)
डेब्यु कलाकार
१. सुन्दर हाङ राई / गायक-(उनको सम्झनामा)
२. अमर तुम्बाफो (माईकल)-(तारेमा जिउ)
३. प्रकाश जंग कार्की-(जाऊ न जहाँ मन लाग्छ)
४. रुपेश चौधरी/संगीतकार-(हावा जस्तै)
५. रश्मि पाण्डे-(ह्विस्की फोरिन्छ)
युगल गीत गायक/गायिका
१. नरहरि प्रेमी/निशा देशार-(नेवार मइचा बाहुन भोउचा)
२. सुमन बीटी/अनु चौधरी-(सक्दिनँ सक्दिनँ)
३. सडज सम्बाहाम्फे/रचना रिमाल-(सिन्की अचार)
४. इन्द्र कार्की/समीक्षा अधिकारी-(बुलेट पड्काउँदै)
५. शंकर थापा ‘स्माइल’/दक्षता गुरुङ-(बहाना)
म्युजिक भिडियो निर्देशक
१. महेश्वर सम्बाहाम्फे-(जूनै झर्छु)
२. देवेन्द्र कुँवर-(नाच न कान्छी)
३. अर्जुन पोखरेल-(सुन न)
४. कृष्णराज भण्डारी-(मर्नु न बच्नु)
५. निशान एस के-(बोलु बोलु लग्छ)
उत्कृष्ट मौलिक तीज
१. पवित्रा गुरुङ-(मेरो जस्तो लोग्ने)
२. संगीता भण्डारी-(रानीहार)
३. दीपक बोहरा/निशा रनपाल-(छमछमी नाचौँला)
४. मञ्जु लावती-(हितैको माया)
५. मिलन नेवार-(तीज आयो)







