नेपाल म्युजिक एण्ड फेसन अवार्डको मनोनयन

काठमाडौं,
भदौ ६ ।

‘छैटौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२६’ का विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको छ । एसबी क्रिएसन प्रालि र स्टार वान इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने अवार्ड यही भदौ १८ गते चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ ।

अवार्डमा यस वर्ष पनि संगीतसँगै फेशन तथा मोडलिङतर्फका विभिन्न विधालाई समेटिएको आयोजकले जनाएको छ । मनोनयनमा परेका प्रतिस्पर्धीमध्ये निर्णायकको निर्णय तथा प्राप्त मतका आधारमा विजेता चयन गरिने आयोजकको भनाइ छ ।

एसबी क्रिएसनकी अध्यक्ष तथा अवार्डकी प्रबन्ध निर्देशक सरिता भारतीका अनुसार पछिल्लो डेढ वर्षमा सार्वजनिक भएका गीत तथा संगीतलाई यस संस्करणमा प्रतिस्पर्धाका लागि समावेश गरिएको छ ।

यसपटक संगीत तथा मोडलिङतर्फ गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो निर्देशक, छायांकार तथा मोडलबीच विभिन्न विधामा प्रतिस्पर्धा हुने भएको छ । आयोजक तथा स्टार वान इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार म्युजिक तथा मोडलिङतर्फ १० वटा विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिस्पर्धामा आधुनिक, पप, लोकदोहोरी, चलचित्र तथा पर्व गीतलगायतका विधा समेटिएका छन् । आयोजकले ती विधाका मनोनयन सूचीसमेत सार्वजनिक गरेको जनाएको छ ।

आयोजकका अनुसार अवार्डको उद्देश्य नेपाली संगीत, फेशन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कलाकार तथा सर्जकलाई प्रोत्साहन गर्नुका साथै उत्कृष्ट प्रतिभालाई सम्मान गर्नु हो ।

यस्तो छ मनोनयन
उत्कृष्ट आधुनिक गीत गायन
किन रुनु हुन्न- प्रमोद खरेल
फुलै फुलको- हर्कुलेस बस्नेत
छुँदिन भन्दा भन्दै- श्रद्धा दियाली
ताते गर्दै-निता आचार्य
तिम्रो आँखाको-सोनी राजभण्डारी

उत्कृष्ट पप/आधुनिक गीत संगीतकार
गाजलु आँखैले-आषिश पौडेल
तिम्रो साथ-ओम सुनार
म हुँ सृष्टिको-साज सिंह
रंग चढेर हैन-दीपक शर्मा
अदृष्य -दृष्य क्षत्री

उत्कृष्ट आधुनिक/पप गीत गीतकार
म हुँ सृष्टिको-मनु रोहरुङ राई
किन रुनु हुन्न मर्दले- राम शर्मा
आमाको तृष्णा- डम्बर याक्सो
तिम्रो आँखाको गहिराई-अनिल शाही
भोगाई – कमल शर्मा आचार्य

उत्कृष्ट पप गायन
अदृष्य-दृष्य क्षत्री
गाजलु आँखैले-आशिष पौडेल
फेरी आज किन- प्रज्वल सुजाकु
सोह्र वर्षे जोबन-बबिना किराती
फर्की आऊ प्रिय-दीपा महर्जन

उत्कृष्ट चलचित्र गीत गायन
न्याउली बनैमा (वरिष्ठ बलराम)-शान्तिश्री परियार
डोको बुन्ने (कुमारी)-केहर सिंह लिम्बु
फकाउँछ काफ्ले (उनको स्विटर)-झुमा लिम्बु
हुम्लाको लिमी (राम नाम सत्य)-एसडी योगी
बेला बितेसी (हरिबहादुरको जुत्ता)-प्रकाश सपुत

उत्कृष्ट पर्व गीत
बुझेँ मैले क देखि (तीज)-राधा हमाल बानियाँ
ठन्डा ठन्डा पानी (फागु गीत) -ओम सुनार
आउन पाइन माइत (तीज गीत) – रेखा पोखरेल
घन्काइदेऊ मादलु (तीज गीत)- लक्ष्मी पुरी प्रधान

लोक दोहोरी गायन
युके लान्छु रेलिमाई-सचिन भट्टराई
निरमसी- चिज गुरुङ
बीर गोरखाली लाहुरेको तक्कमा-शीतल गुरुङ
एक काँधे गोरु-सनिला गुरुङ
नौली हदेली-लक्ष्मी आचार्य

उत्कृष्ट म्युजिक भिडियो मोडल
१६ वर्षे जोबन-तेन्जु योञ्जन
चक्मा-मेनुका माझी
राजन बुढाथोकी-काली तरेर आउँछु
औधी मन पराएँ-प्रज्वल राज भट्ट
फर्की आऊ तिमी-प्रेमहाँ महर्जन/सजना महर्जन
प्रवण भुसाल-सधैँ तिमी

उत्कृष्ट म्युजिक भिडियो छायांकन
हाँसेर बोलिदेऊ-उमेशबहादुर शाह
फर्की आऊ प्रिय-रकी महर्जन
बुझेँ मैले क-ओम प्रसाईँ
म हुँ सृष्टिको-सौरभ लामा
भागौँला त्रिसुली तरेर-विजय लामा

उत्कृष्ट म्युजिक भिडियो निर्देशक
भागौँला त्रिसुली तरेर-दीप गुरुङ
म हुँ सृष्टिको-गोविन्द राई
फेरी आज किन-नव ढुंगेल
बुझेँ मैले क-सम्झना बुढाथोकी
फर्की आऊ प्रिय-योवन शाक्य

यसमा तपाइको मत

अन्य समाचार