सारिका र राजेन्द्रको स्वरमा ‘उडायो लाहुरे दाजैले’ (भिडियोसहित)

काठमाडौं,
भदौ ३ ।

गायिका सारिका घिमिरे र संगीतकर्मी राजेन्द्र बजगाईंको स्वरमा रहेको गीत ‘उडायो लाहुरे दाजैले’ छोटो समयमै दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेको छ । गीतमा बजगाईंकै शब्द तथा संगीत छ ।

मनोज परियारको संयोजन, ध्वनि मिश्रण तथा  ध्वनि सम्पादन रहेको गीतको रेकर्डिङ राजेश नेपालले गर्नुभएको हो । गीतमा भुवन गन्धर्व, रत्न बीके, हेमन्त कान्छा रसाइली र पुरस्कार खड्काले वाद्यवादनमा साथ दिनुभएको छ ।

गीतको भिडियोमा राज टाइगर, शीला गजुरेल, राजन बुढाथोकी, विनोद रसाइली र रविना कार्कीको अभिनय छ । अमर ओलीको निर्देशन, देवेन्द्र पाण्डेको नृत्य निर्देशन तथा वीरेन्द्र भट्टको छायांकन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन तथा रङ संयोजन गर्नुभएको हो ।

एपी चलचित्र प्रोडक्सन प्रालिले निर्माण गरेको गीत तथा भिडियोमा नेपाली मौलिक लोकसंगीतको स्वाद प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार