प्रिन्सलाई जुनियर बिट मास्टर सिजन २ उपाधि

काठमाडौं,
भदौ २ ।

कलश इभेन्ट्सको आयोजनामा भएको ‘वाद्य सम्राट न्हुच्छेबहादुर डंगोल जुनियर बिट मास्टर मादल कम्पिटिसन-सिजन २’ को उपाधि काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुलका प्रिन्स महर्जनले जित्नुभएको छ ।

प्रतियोगितामा काठमाडौं म्युजिक मण्डलाका प्रसन्न महर्जन फष्ट रनरअप, शान्ति निकुञ्ज सेकेण्डरी स्कुलका सलिन महर्जन सेकेन्ड रनरअप र काठमाडौं मोडल स्कुलका सम्यक नापित थर्ड रनरअप बन्नुभयो । समर्पण महर्जनले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो ।

नेपालको मौलिक बाजा मादलको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा मादल वादनप्रति रुचि बढाउने उद्देश्यले आयोजित प्रतियोगितामा २५ जना फाइनलिष्ट सहभागी थिए । विजेतालाई वाद्य सम्राट न्हुच्छेबहादुर डंगोलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

इभेन्ट चेयरम्यान सञ्जय महर्जनले नयाँ पुस्तामाझ मादललाई लोकप्रिय बनाउने, बालबालिकामा लुकेका प्रतिभालाई राष्ट्रियस्तरको मञ्च दिने तथा नेपाली कला, संस्कृति र सांगीतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताका निर्णायकमा बाबुराजा महर्जन, सुक्रीमाया मोक्तान र ईश्वरीप्रसाद भुसाल रहनुभएको थियो । कार्यक्रममा कलश इभेन्ट्सकी म्यानेजिङ डाइरेक्टर वर्षा महर्जन र इभेन्ट डाइरेक्टर नरेश प्रजापति पनि सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

अन्य समाचार