बिर्शिका र सुहानलाई लिटल ग्ल्याम रनवे उपाधि

काठमाडौं,
भदौ २ ।

डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’का विभिन्न विधाका विजेता घोषणा गरिएको छ । प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि जित्नुभएको छ ।

रोहिना भण्डारी र अयान्श चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ तथा रोहिना भण्डारी र बिर्शिका बस्नेतले ‘मोष्ट पपुलर’ अवार्ड हात पार्नुभयो । यस्तै, स्वर्णिमा विष्टले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गर्नुभयो ।

बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता र मञ्चीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागीको प्रस्तुति तथा क्षमता विभिन्न आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमकी आयोजक अमिषा ओली, कार्यक्रम व्यवस्थापक विबश थापा र कोरियोग्राफर रोजिन शाक्य रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार