‘आवाज’को तेस्रो शृङ्खला शुक्रबार

काठमाडौं,
साउन २८ ।

आस्था कला केन्द्रले गर्दै आएको सांगीतिक कार्यक्रम ‘आवाज’को तेस्रो शृङ्खला यही साउन २९ गते शुक्रबार आयोजना हुने भएको छ । हरेक दुई महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको ‘आवाज’मा नेपाली, हिन्दी तथा उर्दू गीत-गजलको प्रत्यक्ष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

करिब दुई घण्टा सञ्चालन हुने कार्यक्रममा आस्था कला केन्द्रका गायन प्रशिक्षक वेनुप क्षेत्री र प्रीतम गुरुङसहित विद्यार्थी तथा अतिथि कलाकारले प्रस्तुति दिनेछन् । यसपटक गायिकाहरू जुनु प्रसाईं र अञ्जना श्रेष्ठ अतिथि कलाकारका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा करिब १८ वटा गीत-गजल प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गरिनेछ । विद्यार्थी, प्रशिक्षक र स्थापित कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आस्था कला केन्द्रका संस्थापक तथा निर्देशक रमेश थापाले जानकारी गराउनुभयो ।

उहाँका अनुसार ‘आवाज’ नयाँ प्रतिभालाई अनुभवी तथा स्थापित कलाकारसँग एउटै मञ्चमा जोड्ने उद्देश्यले सुरु गरिएको हो । कार्यक्रममा संगीत सिकिरहेका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन् । साथै, प्रत्यक्ष सांगीतिक प्रस्तुतिले नेपाली संगीतको वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको थापाले बताउनुभयो ।

कार्यक्रम शुक्रबार बेलुका ६ः३० देखि ८ः३० बजेसम्म आस्था कला केन्द्रमा सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी दर्शकका लागि बेलुकाको खानाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

विद्यार्थी, प्रशिक्षक र स्थापित कलाकारको संगमका रूपमा आयोजना हुन लागेको ‘आवाज’को तेस्रो शृङ्खला संगीतप्रेमीका लागि विशेष बन्ने आयोजकको विश्वास छ ।

यसमा तपाइको मत

अन्य समाचार