काठमाडौं,
साउन २८ ।
रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा ‘लोक दोहोरी च्याम्पियन’ आगामी असोज ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा आयोजकले नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवद्र्धनसँगै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको जनाएको हो ।
कार्यक्रम प्रमुख अनुपम गौतमका अनुसार चलचित्र निर्देशक माधवराज खरेलले निर्देशन गर्ने कार्यक्रमको निर्णायकमा पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहनुभएको छ । कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गर्नुहुनेछ ।
कार्यक्रम व्यवस्थापन रामप्रसाद अवस्थी, प्रतियोगी संयोजक दीपक खड्का, संगीत निर्देशन राजु ढकाल, मेन्टर/कोच शिव हमाल र प्रोडक्सन गिरिराज ढकालले सम्हाल्नुहुनेछ । हेमन्त कटुवाल छायांकन निर्देशनमा तथा शिरिश देवकोटा ब्राण्ड एम्बेस्डरका रूपमा रहनुभएको छ ।
कार्यक्रमका स्याटेलाइट पार्टनर इमेज टेलिभिजन एचडी, डिजिटल तथा युट्युब पार्टनर म्युजिक नेपाल र भोटिङ पार्टनर खल्ती/आईएमई रहेका छन् । आयोजकले कार्यक्रमले लोकदोहोरी क्षेत्रका नयाँ प्रतिभालाई खोजी गर्दै राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।







