‘तीन तीघ्रे क्या बिग्रे’मा पाँच कलाकारको डेब्यु

काठमाडौं,
साउन २२ ।

रघुजी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को छायांकन तेस्रो सातामा प्रवेश गरेको छ । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको यो चलचित्र कमेडी जनरामा आधारित छ ।

चलचित्र पत्रकार रघुनाथ सापकोटाको लगानी रहेको चलचित्रको छायांकन काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा भइरहेको निर्माण पक्षले जनाएको छ । निर्माता सापकोटाका अनुसार यस चलचित्रको छायांकन सम्पन्न भएलगत्तै रघुजी फिल्म्सले अर्को चलचित्र निर्माण सुरु गर्ने तयारी गरेको छ ।

चलचित्रमार्फत गायक पशुपति शर्माले पहिलोपटक ठूलो पर्दामा अभिनय यात्रा थाल्नुभएको छ । यसैगरी प्रभात लामा, परितोषिका पन्त, समिया कार्की र बेगम नेपालीले पनि प्रमुख भूमिकामा डेब्यु गर्दैहुनुहुन्छ ।

सिनेमाटोग्राफर संकल भुजेल रहेको चलचित्रमा पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुसाल लगायतका कलाकारको अभिनय छ । चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले तथा डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार