नेपालगञ्ज,
साउन २२ ।
सञ्चारकर्मीसमेत रहनुभएका तथा ‘भुँईकटर’ उपनामबाट परिचित कलाकार शेखर खनाललाई मातृशोक परेको छ । खनालकी आमा रुक्मा देवी खनालको ९३ वर्षको उमेरमा गत मंगलबार बाँकेको खजुरा गाउँपालिका-२, बलैपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँ केही समयदेखि उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आफ्नै निवासमा उहाँको निधन भएको परिवारले जनाएको छ ।
उहाँको निधनप्रति आफन्त, शुभेच्छुक तथा स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन् । शेखर खनाल नेपाली हास्यव्यंग्य तथा सामाजिक विषयवस्तुमा आधारित प्रस्तुति मार्फत परिचित कलाकार हुनुहुन्छ ।
सञ्चारकर्मीका रूपमा समेत सक्रिय रहेका उहाँ ‘भुँईकटर’ उपनामबाट विशेष रूपमा परिचित हुनुहुन्छ । शेखरकी आमाको निधनपछि कला, सञ्चार तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।







