तेस्रो संस्करणको क्रिएटिभ इन्टरनेशनल म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं,
साउन १८ ।

एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा हुने तेस्रो क्रियटिभ इन्टरनेशनल म्युजिक अवार्ड-२०२६ का विभिन्न १५ विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । मनोनयन सार्वजनिक भएसँगै केही दिनभित्र आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी ईसेवामार्फत भोटिङ प्रणाली सञ्चालनमा ल्याइने तयारी भइरहेको संस्थाका प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेले जानकारी दिनुभयो ।

नौबागेका अनुसार विजेता छनोटमा ईसेवा भोटिङको ६० प्रतिशत र निर्णायक मण्डलको ४० प्रतिशत मूल्यांकनलाई आधार बनाइनेछ ।
यस वर्ष ध्वनि रेकर्डिङ, म्युजिक भिडियो निर्देशन, लाइभ दोहोरी गीत, लोक तथा दोहोरी गीत लय संकलन, आधुनिक तथा लोक आधुनिक गीतकार, आधुनिक तथा लोक आधुनिक गायक-गायिका, लोक तथा दोहोरी गायक-गायिका, नवगायिका, राष्ट्रिय गीत लगायत १५ विधामा उत्कृष्ट पाँच मनोनयन घोषणा गरिएको छ ।

यस्तो छ उत्कृष्ट पाँचको मनोनयन सूची

उत्कृष्ट ध्वनि रेकडिङ

सागर बाजुराली- तिमी र म जाम माया
राज खड्का- झलिको
दिपक विसी- कालिगंगा
सुमन राना- मुटु खाईरयो
रन्जन राई- तिम्रो हासो

उत्कृष्ट म्युजिक भिडियो निर्देशक

मौसम हिमाली- मनको दरबारमा
विनोद सुन्दास- रुनुको अर्थ
जोन राई- भमरा
दिपक एसके- कालिगंगा
जेरी भण्डारी- हिमाली फूल

उत्कृष्ट  लाईभ दोहोरी गीत

देवी खवास- फुल खसेको
सुनिता सुनार- माया छुट्नुको
अनिल परियार- कति राम्रो दमैको छोरी
सन्तोश दवडी- धादिङ गजुरी
गंगा मगर- स्याङजा हरिनास

उत्कृष्ट लोक तथा दोहोरी गीत लय संकलन

सुदिप परियार- रानी हजूर
गणेश बाबु बिक- सम्झि रुदैछु
सुर्य मम्बा तामाङ- भमरा
नविन परियार- त्यो केटी मिलाई देउन
सुन्दर आरडी- प्रदेशको तातो घाम

उत्कृष्ट लोक तथा दोहोरी गीत म्यूजिक भिडियो मोडल (महिला)

चाहाना मगर- भमरा
अस्मिता रनपाल- कालिगंगा
अस्मिता पुरी- साईलो रनाभुला
टिका जैसी- रुन लेखेको
जुना गुरुङ- मालुङ कोटैमा

उत्कृष्ट आधुनिक रलोक आधुनिक गीतकार

देवेन्द्र शारु मगर- मनको दरबारमा
चन्द्र जयपाल राई- बाबियो डोरी
कुमार केरुङ- आउछु आउछु भन्दै
रबिन्द्र साही ठकुरी- अभागी खप्पर
प्रकाश दर्नाल- आमा रुन्छिन्

उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो मोडल (पुरुष)

रमेश विश्वकर्मा- तिमि मेरो चाँदनी हौ
बिरेन्द्र नौभाग्य- सिंदुर पोते
सोनाम तामाङ- बाबियो डोरी
रोजन सुन्दास- ए तन
बिक्रम बुढाथोकी- अभागी खप्पर

उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो मोडल (महिला)

आश्मा विश्वकर्मा- मनको दरवारमा
सानु बिसी- आमा रुन्छिन्
शिखा बिसी- तिमि मेरो चाँदनी हौ
सुश्मिता श्रेष्ठ- ढाका टोपी
जुना सुन्दास- पुतली
पबित्रा अर्याल (पबी)- बिर्सिएर तिमिलाई

उत्कृष्ट आधुनिक तथा लोक आधुनिक गीत गायक

सुरेश अन्जान- बिहेको निम्तो
राहुल श्रेष्ठ- सिठ्ठी बजाउँदै
एनिस एन्जल राई- मेरो पहिलो
कृष्णराज भण्डारी- आधा भोजपुरी आधा नेपाली
मंगल सिं प्रजा- छमछमी नाँचौन
जनक बिवस- जवाना खराब छ

उत्कृष्ट आधुनिक तथा लोक आधुनिक गायिका

मेनुका राई- बाबियो डोरी
समिक्षा अधिकारी- मनको दरवारमा
सञ्जिता चेपाङ- छमछमी नाँचौन
उषा गजुरेल- पप्पि देउन
बिमला परियार- फाटेको मन

उत्कृष्ट लोक तथा दोहोरी गीत शब्द संकलक

नेत्र अर्याल- त्योकेटी मिलाईदेउ न है
घनश्याम रिजाल- साथी
साबित्रा सिलवाल- मैलाई हेरेको
कान्छा सारु मगर- मेरो त आँशु पनि रहेछ
गोबिन्द बहादुर प्रधान- लाईदिउँकी माया झ्याम्मै

उत्कृष्ट  लोक तथा दोहोरी गीत गायक

बिजय गौतम- पुरानो पिरती
दिनेश क्षेत्री- मैलाई हेरेको
हरी सुनार- लान्छौर लाहुरेको साथैमा
अमृत आचार्य (माईला गुरु)- उराठ संसार
अनमोल रसाईली- कुनले सम्झिन्छ

उत्कृष्ट लोक तथा दोहोरी गायिका

शान्ति श्री परियार- भमरा
शान्तारानी परियार- स्याउली बजारमा
संगम लामिछाने- बोल्नै छाड्यौ मायालु
सुमन राना- पल्टने भेना
सुमितामी परियार- माया हिरिक्कै

उत्कृष्ट लोक तथा दोहोरी नव गायिका

देवी आचार्य- पुरानो पिरती
बिमला सुनार- काली गंगा
मालती परियार- कुनले सम्झिन्छ
कृष्ण मल्ल ठकुरी- दुःखी करिम (भाग २)
विष्णु परियार- घाँसको डोको

उत्कृष्ट राष्ट्रिय गीत

डिबि पराजुली- म झुक्न दिन्न मेरो देशको झण्डा
प्रेम शर्मा पौडेल- म त नेपाली
मोहन कार्की- मलाई नेपाल बनाउने रहर छ
नवराज जंग थापा- जाग युवा जाग
ईवेश तिरुवा- काँधमा छ राईफल

यसमा तपाइको मत

अन्य समाचार