यो वर्षको धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बन्यो ‘गौँथली’

काठमाडौं,
साउन १८ ।

चलचित्र ‘गौँथली’ले साढे १३ करोडमाथि ग्रसकलेक्सन गरेको छ । आइतबार रातिसम्म यो चलचित्रले १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ यो वर्षको हालसम्मको धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे र लुनिभा तुलाधर मुख्य भूमिकामा हुनुहुन्छ ।

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा डा. भोला रिजालको कथा छ । चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार