नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’ मा मौसमी मल्ल (भिडियोसहित)

काठमाडौं,
साउन ७ ।

नीता आचार्यको स्वर रहेको गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’ सार्वजनिक भएको छ । एक समयकी चर्चित अभिनेत्री मौसमी मल्ल लामो समयपछि यो गीतको भिडियोमार्फत दर्शकमाझ आउनुभएको छ । मनु लोहोरूङ राईको शब्द तथा साज सिंहको संगीत र एरेञ्ज छ गीतमा ।

गोविन्द राईको निर्देशनमा तयार भिडियोमा मौसमी नेपाली परम्परागत भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रका रूपमा प्रस्तुत हुनुभएको छ । नीताको पनि अभिनय रहेको भिडियोमा डिओपी सौरभ लामा, सिनेमाटोग्राफी हिमाल श्रेष्ठ र सम्पादन सन्देश शाहले गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार