‘गौँथली’लाई दर्शकको साथ

काठमाडौं,
साउन ४ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्रको विषयवस्तु, कलाकारहरूको अभिनय र सामाजिक सन्देशको प्रशंसा गर्दै दर्शकले निर्माण टोलीलाई बधाई दिएका छन् ।

बालविवाह र श्रीमान्-श्रीमतीको सम्बन्धलाई केन्द्रमा राखेको यस चलचित्रले विशेषगरी महिला दर्शकलाई भावुक बनाएको छ । सामाजिक सञ्जालमा चलचित्र हेरेर भावुक बनेका दर्शकका भिडियोसमेत भाइरल भइरहेका छन् ।

वितरक करण श्रेष्ठका अनुसार पहिलो दुई दिन देशभर उत्साहजनक व्यापार गरेपछि अधिकांश हलमा चलचित्रका शो थपिएका छन् । काठमाडौंसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, दाङ र बिर्तामोडका हलमा दर्शकको उपस्थिति उल्लेखनीय रहेको जनाइएको छ ।

डा.कपिल रिजालको निर्देशनमा बनेको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार