‘आ बाट आमा २’ मा अभिनेता आकाश श्रेष्ठ

काठमाडौं,
चैत १७ ।

चलचित्र ‘आबाट आमा’ को दोस्रो शृंखलामा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित हुनुभएको छ । निर्मातासँग सोमबार उहाँले लिखित सम्झौता गर्नुभएको हो । निर्देशक चन्द्र पन्तले अभिनेता श्रेष्ठलाई शीर्षमध्येको एक भूमिकामा अनुबन्धित गरिएको जानकारी दिनुभयो । ‘हामीले फिल्मको कथाको आवश्यकताअनुसार आकाशजीलाई अनुबन्धित गरेका हौैं,’ उहाँले भन्नुभयो ।

यसअघि यो चलचित्रमा पल शाह र विपना थापा अनुबन्धित भइसक्नुभएको छ । पहिलो भागपछि दोस्रोमा यी दुई कलाकारको पुनरागमन हो । आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने चलचित्रको छायांकन वैशाखदेखि सुरु हुने जनाइएको छ ।

दोस्रो शृंखलाको प्रदर्शन आगामी बडादशैँ छेकोमा हुने चर्चा छ । ‘आबाट आमा’ले पछिल्लो शनिबारसम्म देशब्यापी १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई पाँच लाख तीन हजार ११४ जना दर्शकले हेरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार