हिमालयन सितारले ल्याए ‘वेदांशी’ (भिडियोसहित)

काठमाडौं,
चैत १ ।

तार वादक हिमालयन सितारले ‘वेदांशी’ नामक गीत सार्वजनिक गर्नुभएको छ । गीत ‘श्रुती’ नामक एलबमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताउनुभयो । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ‘सेरो डुओ’सँग सहकार्य गर्नुभएको छ ।

सात मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दनिुभएको छ ।

सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोर्टीफाई लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मास्टर्स गरिरहनुभएका झापाका हिमालयन सितारको वास्तविक नाम उत्तम घोष हो । उहाँ हिमालयन सितारमार्फत नेपाली शास्त्रिय संगीतलाई संसारभार चिनाउन चाहानुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार