काठमाडौं,
माघ ५ ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ ।
आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ । आयोगले यसअघि माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने जनाए पनि आजदेखि कार्यान्वयनमा ल्याएको हो ।
यो आचारसंहिता सबै तहका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विश्वविद्यालय, सङ्घसंस्था तथा प्रतिष्ठान, राजनीतिक दल तथा उम्मेदवारका लागि लागू हुने आयोगले जनाएको छ ।






