काठमाडौं,
मंसिर ५ ।
मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अपुर्भ तामाङको स्वर र शब्द रहेको छ भने संगीत मनिष गुरुङको छ । गीत ‘जी.टु.वान डिजिटल’को अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘जी.टु.वान डिजिटल’को प्रस्तुति र योङ हाट्र्स फिल्मस्को सहकार्यमा निर्मित मिनी सिरिज ‘टिन स्पिरिट’लाई जीवन स्वार र सुनिल गुरुङले निर्देशन गर्नुभएको हो । सम्पादन हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीको छ ।
सिरिजमा नायिका मलिका महत, लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीताश्री, संगीता थापा, प्रकाश श्रेष्ठलगायतको अभिनय छ ।
‘टिन स्पिरिट’को निर्माताको रूपमा असीम शाह रहनुभएको छ । सिरिजको कथा सुनिल गुरुङले लेख्नुभएको हो । सिरिजका कार्यकारी निर्माता विशाल शर्मा हुनुहुन्छ भने आसिफ शाह क्रीयटिभ डाइरेक्टरको रूपमा रहनुभएको छ । यसलाई नकुल सुनुवारले खिच्नुभएको हो ।






