यस्तो छ ‘एक्लो’को टिजर

काठमाडौं,
कात्तिक १५ ।

चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेटभन्दा लामो टिजरले चलचित्रको रहस्यमय कथा र पात्रहरूबीचको तनावपूर्ण संघर्षको झलक प्रस्तुत गरेको छ ।

सस्पेन्स र थ्रिलरको संयोजन रहेको टिजरमा अभिनेता प्रदीप खड्का युद्ध कौशलयुक्त पात्रको रूपमा प्रस्तुत हुनुहुन्छ । तर, उहाँको अनुहार पूर्ण रूपमा देखाइएको छैन । अभिनेत्री बेनिशा हमालको गेटअपले रानीको संकेत गरेको छ । कविता नेपाली र बेलायती अभिनेता जेमी बेकन ब्रिटिश पुलिसको भूमिकामा देखिनुभएको छ ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायतले पनि अभिनय गर्नुभएको छ । एनआरएन समूहको लगानी रहेको चलचित्रको निर्मातामा प्रदीप खड्का पनि हुनुहुन्छ ।

विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गर्नुभएको हो । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन छ । यो चलचित्रको गत मेमा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो । यसपछि अन्तर्राष्ट्रिय बजारमा फिल्मको चर्चा चुलिएको छ । यो चलचित्र अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार