काठमाडौं,
भदौ १६ ।
मिलन आलेमगरको निर्देशनमा चलचित्र ‘पूरा भयो सपना मेरो’ बन्ने भएको छ । सामाजिक प्रेमकथानक चलचित्रको छायांकन बडादशैँलगतै सुरु गरिने बताइएको छ ।
रोशिका फिल्मस्को प्रस्तुति रहेको चलचित्रका कलाकार र प्राविधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आलेमगरले बताउनुभयो । एकराज थापा निर्माता रहेको चलचित्रको कथा पनि उहाँकै छ । मिलनले यसअघि ‘लक्ष्य’, ‘सत्या’,‘हिँड्दा हिँड्दै’लगायत चलचित्र निर्देशन गर्नुभएको छ ।






