काठमाडौं,
जेठ २५ ।
पत्रकार तथा लेखक सामीप्यराज तिमल्सेना चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्ष बन्नुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न साधारणसभाले तिमल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आबद्ध एसोसिएट संस्था हो । पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीको उपस्थितिमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा रीना मोक्तान, अनिल यादव र प्रदीप कार्कीलाई चयन गरेको हो ।
त्यस्तै, महासचिवमा प्रभाकर गौतम चयन हुँदा सचिवहरूमा नरेश फुयाँल र लक्ष्मी बलायर चुनिएका छन् । कोषाध्यक्षमा समर्पणश्री र कार्यसमिति सदस्यमा सुशीला तामाङ, संगीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन संग्रौला र श्रीजु सरल सर्वसम्मत हुनुभएको छ ।






