‘अभिमन्युः च्याप्टर-१’ को पोस्टर सार्वजनिक, भदौ २७ मा प्रदर्शनमा आउने

काठमाडौं,
जेठ २३ ।

चलचित्र ‘अभिमन्यु स् च्याप्टर-१’ ले आफ्नो १०० दिने काउन्टडाउन सुरु गरेको छ । यसै अवसरमा निर्माण टिमले बिहीबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा उल्लेख भएअनुसार यो चलचित्र अब ९९ दिनपछि अर्थात् आगामी भदौ २७ गते प्रदर्शनमा आउनेछ ।

सार्वजनिक पोस्टरले तराईको परिवेशलाई देखाएको छ, जहाँ धानबारी र केराको बगानको पृष्ठभूमिमा एक युवकले सरकारी स्कुलको पोसाक लगाएकी सानी बालिकालाई कापी(किताबसहित बोकेर हिँडिरहेको देखिन्छ ।

‘अभिमन्यु स् च्याप्टर-१’ हाल पोस्ट(प्रोडक्सनको क्रममा छ । चलचित्रको थिम पोस्टरले ‘चक्रव्यूह’ र ‘पैसा’ बीचको सङ्घर्षलाई सङ्केत गरेको छ । निर्माण टिमका अनुसार पैसाको प्रलोभनमा परेर चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन खोज्ने व्यक्तिको सङ्घर्ष नै चलचित्रको मुख्य कथा हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गर्नुभएको हो, जुन उहाँको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको यस चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुनुहुन्छ, जसले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गर्नुभएको थियो ।

विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको ‘अभिमन्यु स् च्याप्टर-१’ मा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता हुनुहुन्छ भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहनुभएको छ । चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया र सुष्मा निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।

जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक र सरोज श्रेष्ठ निर्माण नियन्त्रक हुनुहुन्छ । यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा प्रदर्शन हुने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार