‘लाज शरणम्’को ‘च्यातिएको चोली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन १७ ।

प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ को भावपूर्ण गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरज पण्डितको स्वर रहेको छ भने वसन्त उदासको शब्द र सङ्गीत छ ।

गीतमा डोल्पाको सुन्दर दृश्यहरू समेटिएको छ । गीतको भिडियोमा कर्णालीको विपन्न परिवारको कथालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । भिडियो हेर्दा एक दम्पतीको दुःखसुख र सङ्घर्षको कथाले दर्शकलाई भावुक बनाउँछ । गीतले कर्णालीका सुन्दर दृश्यहरू मात्र नभई त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैलीलाई पनि प्रस्तुत गरेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगीको अभिनयले सिनेमाको मुख्य कथावस्तुलाई जीवन्त बनाएको छ ।

कुमार कट्टेलले निर्देशन गरेको ‘लाज शरणम्’मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौलालगायत कलाकारको उत्कृष्ट अभिनय छ । साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूको पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुनुहुन्छ भने राम नरेश शाह र सिर्जना खड्का सहनिर्माताको रूपमा रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार