काठमडौं,
फागुन ५ ।
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्यपात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो ।
चलचित्रका निर्देशक प्रदीप शाही हुनुहुन्छ । लामो समयदेखि बेलायत बस्दै आउनुभएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुट्नुभएको छ । हाल सिनेमाको लण्डनमा पोष्ट प्रोडक्सनको कार्य भईरहेको छ । चलचित्रको सम्पूर्ण कार्य सकिएपश्चात मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले जानकारी गराउनुभयो ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, वेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।
राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन निर्माता रहनुभएको चलचित्रमा विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता हुनुहुन्छ । बाबु श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा र प्रोडक्सन डिजाइनरमा द्रोणप्रसाद पौडेल ‘ठेउके’ रहनुभएको छ ।






