कला क्षेत्रमा टेकेन्द्रको कौशलता

काठमाडौं,
माघ १८ ।

हरेक मानिसका आ-आफ्ना सोख हुन्छन् । कसैका रचनात्मक सोख हुन्छन् भने कोहीका अनौठा । जीवनलाई रमाइलो बनाउने वा सार्थक तुल्याउने कुरा भनेको कर्म हो । सकारात्मक र सार्थक कर्म । यस्ता कर्मले खुसी दिलाउँछ । खुसीले जीवनलाई उज्यालो बनाउँछ । यस्तै टेकेन्द्रजंग शाहीले सार्थक कर्मबाट आफूलाई अघि बढाइरहनुभएको छ ।

पेशाले इलेक्ट्रिकमा सब इञ्जिनियर हुनुहुन्छ । इञ्जिनियर पेशा सँगसँगै उहाँले सामाजिक कार्य र कला क्षेत्रमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । काठमाडौंलाई कर्मथलो बनाएर उहाँले आफ्ना क्रियशन पस्किरहनुभएका छ । उहाँले हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनसँग सहकार्य गरेर थुप्रै काम गर्नुभएको छ ।

आफ्नो सानैदेखिको कला क्षेत्रको रुचिका कारण यो फाउण्डेसनसँग जोडिएपछि उहाँमा रहेको कलाकारिताले प्रस्फुटित हुने मौका पनि पायो । फाउण्डेसनसँगको सहकार्यले उहाँलाई यसतर्फ तान्यो । अर्थात् उहाँको सानैदेखिको रुचि र चाहनाले साकार रूप लियो । सीताराम र कुञ्जनासँग ‘सेन्टी भाइरस’ लगायत केहीमा उहाँको संलग्नता रह्यो । पछिल्लो समय अभिनयसँगै लाइन प्रोड्युसरका रूपमा पनि आफूलाई अघि बढाइरहनुभएको छ उहाँले । उहाँ पेशाले इलेक्ट्रिकमा सब इञ्जिनियर भए पनि उहाँको अन्तरकुनामा भने कला क्षेत्रले जबरजस्त बास गरेको छ । सायद त्यसैले उहाँलाई यो क्षेत्रमा आफूलाई संलग्न गराउँदै अघि बढिरहनुभएको छ । एउटा त उहाँभित्र कला क्षेत्र थियो थियो भने अर्को नेपालमा आएको विनाशकारी भूकम्पपछि सामाजिक कार्यमा जोडिने क्रममा हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनसँग सहकार्य गर्ने अवसर जु¥यो । यहीँबाट उहाँमा भएका कलाकारिताले प्रस्फुटित हुने मौका पायो । उहाँले आधा दर्जनभन्दा बढी प्रस्तुतिमा आफ्नो अभिनय कला पस्किनुभएकोे छ । केही चलचित्र र केही सिरियल रहेका छन् । यस्तै उहाँले आफूलाई अभिनयसँगसँगै लाइन प्रोड्युसरका रूपमा पनि अघि बढाइरहनु भएको छ । लाइन प्रोड्युसर भनेको चलचित्र निर्माता नै हो ।

चलचित्र निर्माणमा केही सहयोग पु¥याउने व्यक्ति वा सानो लगानीकर्तालाई लाइन प्रोड्युसर भनिन्छ । जसले चलचित्र निर्माणका साथै व्यवस्थापनको पनि जिम्मेवारी सम्हालेको हुन्छ । एउटा राम्रो चलचित्र दर्शकसम्म ल्याउनका लागि धेरैको मिहिनेत रहेको हुन्छ । यस्तैमा लाइन प्रोड्युसरको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

उहाँले केही सिरियल र केही चलचित्रमा आफूलाई लाइन प्रोड्युसरका रुपमा प्रस्तुत गर्नुभएको छ । ‘दुआली’, यस्तै ‘दरबाङ’ तामाङ जातिको विषय लिएर बनाइएको चलचित्र उहाँका रहेका छन् भने यतिबेला अस्ट्रेलिया र नेपालमा छायांकनको चरणमा रहेको चलचित्र छ । अन्य एक–दुईवटामा पनि कुरा भइरहेको उहाँ बताउनुहुनछ । यस्तै आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’मा कलाकारका रूपमा पनि उहाँ देखिनुभएको छु भने ‘सक्किगो’ मा पनि कलाकारका रूपमा रहनुभएको छ । यसै क्षेत्रमा अभिनयको अनुभव प्राप्त गर्दै आफ्नो करियरलाई सफल बनाउनका लागि चलचित्र क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरेर टेकेन्द्रजंग अघि बढिरहनुभएको छ ।

फुर्सदमा पुस्तकहरू पढन रुचाउनुहुने टेकेन्द्रजंग साहित्यिक कृतिहरू अध्ययन गर्न मन पराउँनुहुन्छ  । अलि बढी फुर्सद भयो भने विभिन्न विधाका चलचित्र हेर्ने गरेको उहाँ सुनाउनुहुन्छ । आफूले यो क्षेत्रमा केहीगर्न सक्छु भन्ने लाग्छ भने बुझेर मात्र आउन उहाँको सुझाव छ । रहरले होइन केही गर्न सक्छु भन्ने आत्मविश्वास र तत विषयको ज्ञान लिएर आउन उहाँ सल्लाह दिनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार