लिलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

काठमाडौं,
साउन ११ ।

सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बन्नुभएको छ ।

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि असार ९ गते उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार