काठमाडौं
फागुन ११ ।
विषयवस्तुको प्रस्तुतिकरणमा विशिष्टता ल्याउन टेक्नोलोजिको विकाशसँगै प्रबिधि प्रयोगकर्ता अर्थात क्यामराम्यानको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । कस्तो विषयमा काम गर्ने हो त्यही अनुसारको टेक्नोलोजिको छनोट गर्न सिपालु अहिलेका ब्यस्त क्यामराम्यान रोशन श्रेष्ठ फिल्म होस् या भिडियोमा काम गर्दा कथाले मागेको अनुसार सुहाउँदो कलाकार, छायांकन स्थलको छनोट गर्नु र पूर्ण ज्ञान भएका प्रविधिहरूको राम्रो टिमवर्क हुन सकेमात्र आफुले गरेको कामले पूर्णता पाउने बताउनुहुन्छ ।
स्टील होस् वा सिनेमा फोटोग्राफीको एउटा भिजोल सुन्दर हुनुमा कलाकार र अन्य पक्षको जति योगदान रहन्छ क्यामराम्यानको भूमिका अझ महत्वपूर्ण रहन्छ । अहिलेका युवा छायाँकार मध्य छुट्टै पहिचान बनाउन सफल रोशन श्रेष्ठले दर्जनौ म्युजिक भिडियो, सयौं बृत्तचित्र र सियालिटी शोहरूमा ब्यवसायिक क्यामराम्यानको दक्षता प्रस्तुत गरिसक्नु भएको छ । उहाँले ‘डान्स च्याम्पियन, नेपहोपको श्रीपेज लोक स्टार, ब्याण्ड च्याम्पियन’ जस्ता नेपाली रियालिटी शोहरूमा क्यामराम्यानको रुपमा काम गरिसक्नु भएको छ ।
रोशनले ‘हिमालय रोडिज, कमेडी च्याम्पियन, द भोईस अफ नेपाल, को बन्छ करोड पति, ऐना, द पोईट आईडल, कमेडी क्लब विथ च्याम्पियन, मुन्द्रेको कमेडि क्लब’ लगायत दर्जन भन्दा बढी टेलिभिजन रियालिटि शोमा आफ्नो कौशलता देखाइसक्नु भएको छ । नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट लगायत विभिन्न खेलमा खेलाडीसँगै खेलमैदानको वरिपरि गिम्बल क्यामरा बोकेर कुदिरहेका देखिने रोशन श्रेष्ठ ठूला रियालिटी शोका निर्देशकहरूको पहिलो रोजाईमा पर्नुको कारण आफ्ना कामप्रति उहाँको इमान्दारीता, लगनशिलता र धैर्यता नै हो । सयौं इभेन्ट र डकुमेन्ट्री खिच्नु भएका उहाँले धेरै काम देशी, विदेशी संघसंस्थामा संलग्न रहेर गर्नुभएको छ । भिडियोमात्रै नभई स्टील फोटोग्राफीमा पनि राम्रै दख्खल राख्नुहुने रोशन अहिलेका सर्वाधिक माग हुने क्यामराम्यान मध्यका हुनुहुन्छ ।






