काठमाडौं,
फागुन १० ।
पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहनुभएकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको सातौं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शीर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा बिभिन्न उपहारसमेत जित्न सक्नेछन् ।
आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतियोगीताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रबि धमलाले अनुमान लगाउनुभयो ।
‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।
छनौट चरणमा छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।
अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदाइत्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।






