काठमाडौं,
पुस २९ ।
एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दशैं तिहार फेस्टिवल म्युजिक अवार्ड-२०८० सम्पन्न भएको छ । एक्टिभ म्युजिक प्रा.लि.का प्रमुख बिजेन्द्र नौबागेको शभापतित्वमा भएको कार्यक्रम लोक दोहोरी गायक माधव भण्डारीले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा पुर्व भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल, बिशिष्ठ अतिथिमा बिशिष्ठ कलाकार तथा निर्देशक शुभाषप्रसाद गजुरेल, ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठ बिशेष अतिथिमा बरिष्ठ गायक तथा सङ्गीतकार बिबि अनुरागी राष्ट्रिय लोकदोहोरी गायक पि एन सापकोटा, बरिष्ठ कलाकार यादव बैरागी चलचित्र निर्देशक अमर वलि, गीतकार सामना शाह, चलचित्र निर्माता/गीतकार/गायक तथा सङ्गीतकार नवराजजंग थापा, समाजसेवी तथा प्रेस सेन्टर टोखाका अध्यक्ष कृष्णहरी के.सी., समाजसेवी तथा मानवअधिकारवादी, सर्जक मनु बाँठा मगर रहनु भएको थियो ।
दशैं तिहार फेस्टिवल म्युजिक अवार्ड-२०८० अन्तर्गत बिबिध बिधामा अवार्डहरू प्रदान गरिएको थियो जसमा वेष्ट सिंगर (मेल)मा तिलक बस्नेत ‘दशैं आयो’, वेष्ट सिंगर (फिमेल)मा पबित्रा रसाईलि ‘देउसी भैलो’, वेष्ट लिरिक्स् बैकुण्ठ रायमाझी ‘गुल्मेली सोरठी’, वेष्ट डिरेक्टर प्रेमशर्मा पौड्ल ‘दशैं तिहार’, वेष्ट मोडल बिराज बास्कोटा ‘तिहारै हाम्रो’, वेष्ट सिनेमाटोग्राफर ज्ञानकुमार कट्टेल ‘दशैं तिहार’, वेष्ट न्यु सिंगर निलसुगम छन्त्याल ‘रामायण सोरठी’, जुरी अवार्ड देवेन्द्र सारु मगर ‘सन्ध्या’ सिमल बरुला, पब्लिक च्वाईस गायक अवार्ड जीवन परियार ‘आयो दशैं’ रहेका थिए । कार्यक्रममा जर्ज सम्मान अन्तर्गत वरिष्ठ एरेन्जर राजु खड्का, निर्देशक राहुल बराईली, सङ्गीतकार मदन नेपाली तथा गायक प्रविन राई लाई सम्मान गरिएको थियो ।
सहयोगी संस्था हरित शान्ति समाज नेपाल काठमाडौं र सोदिप ट्राभल्स एण्ड टुर्स प्रा.लि. गोंगबु काठमाडौं लाई कार्यक्रमको अवसरमा सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा समाजसेवी तथा सञ्चारकर्मी सम्मान अन्तर्गत समाजसेवी तथा सञ्चारकर्मी डि.बि. पराजुली, गायीका तथा सञ्चारकर्मी अम्बिका कुमारी राई तथा समाजसेवी साबित्रा लिम्बु सम्मानित हुनुभएको थियो ।
यस्तै, कार्यक्रममा वरिष्ठ ध्वनि मिश्रण डिका गुरुङ (काठमाडौं डिजिटल प्रा.लि.), वरिष्ठ गायक माधव भण्डारी, वरिष्ठ लोकदोहोरी गायक रामचन्द्र चन्द, लोकप्रिय गायक तथा सङ्गीतकार टिका बोम्जन, गायक संजोक योन्जन, गायक अभिनय यादव, कलाकार प्रविन एन.बि., मोडल विशाल लामा, मेकअप आर्टिष्ट बिक्रम गौतम, गायीका सुस्मिता स्याङ्तान, बाल कलाकार आरिया शाही ठकुरी, रक्षा नौबागे र रोक्सना नौबागे कला सम्मान २०८० बाट सम्मानित गरिएको थियो ।






