‘चित्रा’ १० वर्षमुनिकाले सित्तैमा हेर्न पाउने, नाम मिल्नेलाई तीन टिकट

काठमाडौं,
मंसिर २५ ।

चलचित्र ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने भएका छन् । पुस २७ गते रिलिज हुने यस चलचित्र १० वर्षमुनिका बालबालिकाले सितैमा हेर्न पाउने निर्माण टिमले घोषणा गरेको हो ।

साथै ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा तीन वटा टिकट निः शुल्क पाउने चलचित्रका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

घनश्याम लामिछाने निर्देशित यस चलचित्रमार्फत अभिनेता सन्तोष अधिकारीले डेब्यु गर्नुभएको छ । साथै चलचित्रमा अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको अभिनय छ । चलचित्रले बाबुछोरीको मार्मिक कथालाई समेटेको छ ।

आशिष थापा मगरले निर्माण गरेको चलचित्रमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा र महेश पौडेलको छायांकन छ ।

यसमा तपाइको मत

अन्य समाचार