‘तिमीलाई हेरेर’ भन्दै डेबिड शंकर (भिडियोसहित)

काठमाडौं,
असोज २० ।

डेबिड शंकरको स्वरमा रहेको गीत ‘तिमीलाई हेरेर’ सार्वजनिक भएको छ । अनिल खत्रीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा गायक डेबिड र पवित्रा सार्की (मिस पवि)को अभिनय छ ।
निशल पौडेलको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गायक शंकरले यसअघि गाएका ‘पहिलो नम्बरमा’, ‘दर्शन सलाम’, ‘घिन घिन मादल मुरलीको तीर’ लगायत गीतहरू निकै लोकप्रिय छन् ।

यसमा तपाइको मत

अन्य समाचार