लाखेको ‘तिम्रो पिरेम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज ३१ ।

चलचित्र लाखेको गीत ‘तिम्रो पिरेम’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रमा समावेश गीत ‘तिम्रो पिरेम’ सार्वजनिक गरिएको हो ।

आगामी कात्तिक १८ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम साही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सञ्जोग राणा लगायतको अभिनय छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहनुभएको छ । सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा हरिमल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएको छ ।

सुसन प्रजापतिको छायांकन रहेको यो चलचित्रमा दीपक बज्रचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । तस्बिर : सुरेन्द्र थापा ।

यसमा तपाइको मत

अन्य समाचार