उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

काठमाडौं
असोज २४ ।
भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीका संस्थापक सिंहको सोमबार बिहान गरुग्राममा ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाजवादी पार्टीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सिंहको निधनबारे जानकारी दिएको हो । अखिलेश यादवले आफ्ना आदरणीय पिताको निधन भएको उल्लेख गर्नुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अक्टोबर २ देखि गुरुग्रामा रहेको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । आइतबार अस्पतालले उहाँको स्वास्थ्य अवस्था निकै नाजुक रहेको उल्लेख गरेको थियो । विभिन्न क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् । उहाँ तीन पटक उत्तर प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार