बडा दशैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाएर दशैँ मनाइँदै

काठमाडौं,
कात्तिक ६ ।

बडा दशैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाएर दशैँ मनाइँदै छ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादशैँ मनाइँदै छ ।

बुधबार बडादशैँको मुख्य दिन अर्थात् विजया दशमी रहेको थियो । त्यसैले विजया दशमीको दिन टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर टीका थापिरहेका छन् ।

बडादशैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।

त्यसैले आज पनि बडादशैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने-दिने क्रम जारी नै रहेकाले काठमाडौंमा चहलपहल बढ्न थालेको छ ।

यसमा तपाइको मत

अन्य समाचार