काठमाडौं,
भदौ २२ ।
सङ्गीतकार दीपक शर्माले आफ्नो जन्मदिनमा वृक्षरोपण गर्नुभएको छ । उहाँले मंगलबार भक्तपुरको चाँगु नारायण नगरपालिकास्थित नागडोलको छालाङस्थित ब्रहृमकुमारी ओम शान्ति प्रतिष्ठानको प्रांगणमा वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो ।
उहाँले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समीसहित विभिन्न प्रजातिका वृक्षरोपण गर्नुभएको छ । ‘औषधीजन्य वनस्पति, सुगन्धित वनस्पति र अन्य वनस्पतिका बिरुवा रोप्ने काम भयो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न म त्यहाँ पुग्नेछु’, शर्माले भन्नुभयो । ती बिरुवाहरू संरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मासमेत दिएको उहाँले सुनाउनुभयो ।
एक हजारभन्दा बढी गीतमा संगीत गर्नुभएका शर्माका धेरै गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् । आफू पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा(४’ लगायत चलचित्रका गीतको संगीत सिर्जनामा व्यस्त रहेको सुनाउनुभयो ।







