जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा अनिता मण्डलको उम्मेदवारी

काठमाडौं,
असोज ३ ।

जनमत पार्टीकी २८ वर्षीया नेतृ अनिता कुमारी मण्डलले पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पार्टीकी संस्थापक केन्द्रीय सदस्य मण्डल हाल राष्ट्रिय सचिव तथा केन्द्रीय अनुशासन समितिकी सदस्य सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।

आगामी असोज ९ र १० गते वीरगञ्जमा हुने पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा उनले उपाध्यक्ष पदमा निर्वाचन लड्न लाग्नुभएको हो ।
पार्टीभित्र युवा तथा महिलाको नेतृत्व सशक्त बनाउने उद्देश्यले उम्मेदवारी दिएको मण्डलले बताउनुभएको छ । उहाँले आफ्नो पक्षमा युवा तथा

महिलाको समर्थन रहेको दाबी गर्दै निर्वाचनमा विजयी हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । महाधिवेशनले जनमत पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार