काठमाडौं,
साउन ५ ।
नेपालमा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५६ जनाले संक्रमणलाई जित्दा कसैको पनि मृत्यु भएको छैन ।
देशभर दुई हजार ५३७ जना सक्रिय संक्रमित छ । पछिल्लो २४ घण्टामा देशभर कसैलाई पनि कोरोनाविरुद्धको खोप नलगाइएको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।
देशभर पिसीआर परीक्षणबाट कोरोना संक्रमितको संख्या नौ लाख ८२ हजार ७ सय १९ जना हुँदा एन्टिजेन विधिबाट एक लाख ४१ हजार २५७ जनामा संक्रमण देखिएको छ ।
नौ लाख ६८ हजार २२८ जना मानिस संक्रमणमुक्त हुँदा निको हुने दर ९८.५ प्रतिशत हुन्छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट ११ हजार ९५४ जनाको मृत्यु भएको छ ।






