काठमाडौं,
असार १ ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार आज बिहान प्रदेश १, मधेश तथा बागमती प्रदेश का केही चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यी प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।
वर्षा नभएका क्षेत्रहरूमा तापक्रम बढ्ने महाशाखाको भनाइ छ । हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी प्रणाली सक्रिय रहेको छ ।






