बिनाको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल…’ (भिडियोसहित)

काठमाडौं,
जेठ १९ ।

सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द कार्कीको स्वर, देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको सङ्गीत रहेको गीतमा मनोहर सुनमको एरेञ्ज छ ।

यसअघि पनि केही म्युजिक भिडियो निर्देशन गनर्सभएको बिनाको निर्देशन रहेको ‘उनी बोल्दिनन् अचेल’मा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय छ । भिडियोमा उहाँहरूको मनछुने अभिनय छ ।

रश्मी शाक्य निर्माता रहेको भिडियोमा उत्तम हुमागाईँको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन छ ।
भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार