काठमाडौं,
वैशाख १८ ।
भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान-२०७८ प्रदान गरिएको छ । शनिबार राजधानीमा आयोजिक एक कार्यक्रममा भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले सो सम्मान प्रदान गरेको हो ।
भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान-२०७८ गायिका तीर्थकुमारी थापा र सङ्गीतकार शुभबहादुर सुनामलाई प्रदान गरिएको छ । वाद्यवादक रुपेश सिंहलाई पनि सम्मान गरिएको छ ।
भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो सम्मान प्रदान गरिएको हो । उहाँहरूलाई जनही ५० हजार एक रुपैंयासहित सम्मान गरिएको थियो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो ।
भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले विगत केही बर्ष यतादेखि सङ्गीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानलाई साथ दिदै आएको छ ।
भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष नेपाली गीत-सङ्गीत क्षेत्रका विशिष्ठ योगदान पुर्याएका स्रष्ठाहरूलाई सम्मान गर्दै आएको छ ।






