काठमाडौं,
मंसिर १९ ।
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलको तेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र ‘कुईनेटो’बाट निर्देशक माधव राज खरेलले हात पार्नुभएको छ । महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवम् स्पेशल मेन्सन फिल्म अवार्ड हात पार्नुभयो ।
अन्तर्राष्ट्रिय विधाअन्तर्गत मानवाधिकार फिल्म कुम गेसी-टर्की, फीचर फिल्म मार्केट-भारत, वृत्तचित्र फिल्म द खे सेन पीस गार्डन-भियतनाम, एनिमेशन फिल्म बडीज द्याट फाइट-चिली, वुमेन फिल्म फेमिनाईजेसन-लेबनान, चिल्ड्रेन फिल्म कर्मा-ईरान, सर्ट फिल्म द ट्यालेन्ट-रसियन फेडेरेसन, जूरी च्वाईस फिल्म मन्नू–भारत, विशेष फिल्म सेनाइ-भारत, स्पेशल मेन्सन फिल्म अन्टार्कटिका-बुल्गारिया, स्पेशल मेन्सन फिल्म सरिता-नेपाल, रिकग्निशन फिल्म अर्थ इज होम-ट्यूनीसा, रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार-भारतले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।
नेपाली चलचित्र जगतलाई अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग जोड्ने एवम् नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवम् एनिमेशन, लघु चलचित्रहरूले सहभागिता जनाएका थिए ।
नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न चलचिहरूको प्रदर्शनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवम् फेष्टिवलका निर्देशक सन्तोष सुवेदी बताउनुभयो ।
यूवा तथा खेलकुद मन्त्री माननिय महेश्वरजंग गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्डलगायत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो ।
ऋषि लामिछाने, दिनेश राउत, बिष्णुप्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल के.सी. लगाएतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरूले चलचित्रको मुल्याङ्कन गर्नुभएको थियो ।







