लक्की मिडिया हाउसले अन्तर विद्यालय राष्ट्रिय फुटसल प्रतियोगिता गर्दै

चितवन,
मंसिर १६ ।

लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय राष्ट्रिय फुटसल प्रतियोगिता गर्ने भएको छ । विभिन्न कार्यक्रम गर्दै आएको लक्की मिडिया हाउसले ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ चितवनमा फुटसल प्रतियोगिता गर्न लागेको हो ।

यसअघि कला, सङ्गीत र प्रिमियर शो, रेड कार्पेट शो गर्दै आएको मिडिया हाउसले खेल क्षेत्रलाई पनि प्रर्वद्धन गर्ने उद्देश्यले फुटसल कार्यक्रम गर्न लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी गराउनुभयो ।

महाप्रबन्धक कार्कीका अनुसार प्रतियोगितामा चितवन, नवलपरासी, पोखरा, मकवानपुर लगायत ५० भन्दा बढी बिद्यालयका विद्यार्थीहरू सहभागी हुनेछ्न् । यसका लागि तयारी थालिएको र विद्यालयहरू संँग छलफल भईरहेको उहाँले बताउनुभयो ।

फुटसल प्रतियोगितमा राष्ट्रियस्तरका खेलाडीहरूको बिशेष उपस्थितिमा कार्यक्रम गरिने छ । साथै फुटसलका बिषयमा खेलाडी, विद्यार्थी र सरोकारवालाबीच अन्तक्रिया र अभिमुखीकरणसमेत गरिने कार्कीको भनाई छ ।

यसमा तपाइको मत

अन्य समाचार